संघीय लोकतान्त्रिक खुदिमु गणतन्त्र नेपाल
अचेल उल्का हुन थाल्या छ। देशमा समृद्धि आउन लागेका लक्षणहरु भटाभट देखिन लाग्या छन्। उहिले गाममा भर्खर मुटरबाटो आम्दा बान्द्रेको डिलबाट पिँ~पिँ~प गरेर बस कराए झैँ, अहिले डाँडाँ पारीबाट समृद्धिको हर्न सुन्न थालिएको। मन उसै उसै काउकुतिएको छ। दिलमा खुसी सल्किएको छ। जिन्नकी गुँइठा बाल्या चुलो तर्काउने चिम्नी झैँ भा'छ। उमंग उसैउसै पुत्पुताइरहेको छ। कस्सम, यस्तो हर्क त इतिहासमा कहिल्यै भएको थिएन भनेर कुन चैं तर्कले पुष्टी गरम ? सम्रिद्धि आइ नै सकेको छ। समृद्धि हेर्न ठुल्ठुला भ्यू- टाउरहरु बन्न थालिसकेको छ। तिब्र रुपमा आइरहेको समृद्धिलाई तत्काल आवास उपलब्ध गराउन केही समयअघि चिनका विदेशमन्त्री आउँदा ५००० थान त्रिपाल मागिसकिएको छ। चीनले नि 'हुन्छ दिन्छु' भनिसकेको छ। यसरी तत्काल आवासको व्यवस्था गरिसकेसी भारतसँग कम्बल मागिन्छ। यतैका दाताबाट आन्तरिक श्रोत जुटाएर समृद्धिलाई भोजनका लागी दुई बाक्सा वाइवाई चाउचाउ र ४-५ किलो दालमोठको व्यवस्था गरिनेछ। अनि दाता सम्मेलन गरिन्छ। मनकारीहरुबाट रकम र आश्वासन संग्कलन गरिनेछ। समृद्धिलाई घर बनाउन प्रति परिवार ३ लाखका दरले राहत प्रदान