Posts

Showing posts from August, 2020

ब्रेक थ्रू !

Image
ओलीले फोन गर्नुभो । मोदीजीले पनि उठाउनुभो ।  "हलो ।" "नमस्ते मोदीजी !"  ओलिजीले भन्नुभो —  "६४ औं स्वतन्त्रता दिवसको शुभकामना ।  कुरो बुझ्नुभो त ? तपाइँलाई बधाई अनि शुभकामना छ ।” "फेरि ओलीजी ले नै भन्नुभो —  "भारतका जनताको थप प्रगति र समृद्धिका लागि शुभकामना ।"  अझैपनी ओलीजी नै बोल्नुभो —  "हामी भारतसँग अर्थपूर्ण द्विपक्षीय सहकार्यको अपेक्षा राख्दछौँ । "  "हजुरले अघि लालकिल्लामा सम्बोधन गर्दा छिमेकलाई नविकृत प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभएको थियो नि ? यस्तो टेस पर्यो कि ?  साँच्चै क्या फुर्ने के तपाईंलाई ।"  यता ओलीजी दिएको दियै । उता मोदीजी चुप ।  ओलीजीलाई लाग्यो —  "क्या दिइयो । इतिहासमा पहिलोपटक बोलेरै भारतलाई चुप बनाइयो ।"  मुसुमुसु हाँस्नुभो र सोच्नुभो —   "अब घण्टाकर्ण पर्वको अवसरमा दुई शब्द व्यक्त गर्दा यहि भन्न पर्छ ।"  यति सोचेर ओलीजी फेरि फोनतिरै लाग्नुभो ।  हैन मोदीजी त अझै चुप लागेरै बस्या छन् त !  सोच्नु भो —   अब एक लट अझै दिनुपर्यो -  "कोभिड -१९ विरुद्ध हाम्रो सहकार्य नि भव्य