ब्रेक थ्रू !
ओलीले फोन गर्नुभो । मोदीजीले पनि उठाउनुभो ।
"हलो ।"
"नमस्ते मोदीजी !"
ओलिजीले भन्नुभो —
"६४ औं स्वतन्त्रता दिवसको शुभकामना ।
कुरो बुझ्नुभो त ? तपाइँलाई बधाई अनि शुभकामना छ ।”
"फेरि ओलीजी ले नै भन्नुभो —
"भारतका जनताको थप प्रगति र समृद्धिका लागि शुभकामना ।"
अझैपनी ओलीजी नै बोल्नुभो —
"हामी भारतसँग अर्थपूर्ण द्विपक्षीय सहकार्यको अपेक्षा राख्दछौँ । "
"हजुरले अघि लालकिल्लामा सम्बोधन गर्दा छिमेकलाई नविकृत प्राथमिकतामा राख्ने धारणा व्यक्त गर्नुभएको थियो नि ? यस्तो टेस पर्यो कि ?
साँच्चै क्या फुर्ने के तपाईंलाई ।"
यता ओलीजी दिएको दियै । उता मोदीजी चुप ।
ओलीजीलाई लाग्यो —
"क्या दिइयो । इतिहासमा पहिलोपटक बोलेरै भारतलाई चुप बनाइयो ।"
मुसुमुसु हाँस्नुभो र सोच्नुभो —
"अब घण्टाकर्ण पर्वको अवसरमा दुई शब्द व्यक्त गर्दा यहि भन्न पर्छ ।"
यति सोचेर ओलीजी फेरि फोनतिरै लाग्नुभो ।
हैन मोदीजी त अझै चुप लागेरै बस्या छन् त !
सोच्नु भो —
अब एक लट अझै दिनुपर्यो -
"कोभिड -१९ विरुद्ध हाम्रो सहकार्य नि भव्यै थियो । विशेषगरि हाम्रो सिमा व्यवस्थापन — ओहोहोहो ! नेपालले जनताको जीवन रक्षाको लागि गर्नुसम्म गर्यो । भारत सहित विश्वका बैज्ञानिकहरुले खोप पत्ता लगाउन लागिपरेको देख्दा गदगद् छु । यो भारतकै वैज्ञानिकहरुले पत्ता लगाउछन् भन्नेमा विश्वस्त छु । अझ खुद हजुर नै लाग्नुभो भने त २ दिनमै पत्ता लाग्छ । जसरी मैले बेसार पत्ता लगाएँ ।"
"कोलीजी !"
मोदीजीले भन्नुभो —
"भारतीय स्वतन्त्रता दिवसको शुभकामना भन्नुभएको हो ?" "हो मोदीजी, हो !"
ओलीजीले भन्नुभो -
"कस्तो ठ्याक्कै पार्नुभएको ? कसरी सजिलै पत्ता लगाउनुभएको ?"
मोदीले भन्नुभो —
"धन्यवाद कोलीजी ! खास, अघि लालकिल्लाबाट आउनेहुँदी बाटामा साइरनको आवाजले विरक्त भएर कानमा कपास खाँदेथे । झिक्नै बिर्सेछु ।"
त्यसपछि मोदिजीले कानबाट कपास झिक्नुभो ।
Comments
Post a Comment