Posts

Showing posts from September, 2020

ढक : एक मुचुल्का ।

Image
यो कुनै कल्पना होइन । यथार्थ हो । राज्यले नागरिकमाथी गरेको अपराधको मुचुल्का हो ।  गाडामा तरकारी व्यापार गरेर गुजारा चलाउने महिलालाई कुटपिट गरि ढक फाल्दिए पछि गरेको बिलौनाको भिडियोको चित्रात्मक प्रस्तुती हो । जो सोसल मिडियामा व्यापक छ ।  कतिपय कुराहरु भुल्नै हुन्न । भुल्न लागियो भने पनि आफुलाई चिमोटी चिमोटी ब्युंँझाउनु पर्छ । सम्झाइ राख्नुपर्छ । यो बस्, सम्झिनको लागि राखिएको रिमाइन्डर हो ।  आमिर अजिजले झैँ - सब कुछ याद रखा जाएगा ।

डिजिटल कलाप्रतिको गिट्ठे सोच

डिजिटल कलालाई कला नै होइन भन्नु कला र सिर्जनाको निरक्षरता हो । अझ कोही चित्रकारीतामै लागेकाले समेत कलालाई 'डिजिटल कला' र 'ओरिजनल कला' भनेर भनेका समेत भनेका सुनिन्छ ।  यसो हो भने - चित्रकलाको सुरुवात ढुङ्गेजुगमा भित्ता कोरेर गरिएको थियो । ओडारतिरै पसेर त्यतैतिर ओरिजनल कला सिर्जना गरेर बसे भयो ।  तेल, एक्रेलिक रंगदेखि क्यानभास नि पछि नै आएका हुन । ती पनि कहाँ 'ओरिजनल' हुन त ? यो आधुनिक जीवन नि ओरिजनल होइन । जंगल पसेर सिकार गरेर गिठा, भ्याकुर खोजेर जिन्दगी गुजारे भयो नि त  ।   होइन भने यस्ता गिठ्ठे तर्कको तुक छैन । सबै सिर्जनशीलता सहित मिडियममा सिर्जित कला ओरिजनल कला हुन् । सिर्जनशीलता बिहिन भै यहि मात्र मिडियममा, यहि बिधिले मात्रै, यसैगरी मात्रै कला हुन्छ भन्ने सोचले निर्मित कला 'गिठ्ठे कला' हो । र यस्तो सोच कलाप्रतिको गिट्ठे सोच हो ।  आफ्नो सिमित ज्ञान, सोच र ढंगको सिमितताभन्दा बाहिर पनि ठूलो संसार छ है । तपाईं साँच्चीकै कलाकार हुनुन्छ कि गिट्ठे कलाकार आफैँ छुट्याउनुहोस् । 😉