डिजिटल कलाप्रतिको गिट्ठे सोच

डिजिटल कलालाई कला नै होइन भन्नु कला र सिर्जनाको निरक्षरता हो । अझ कोही चित्रकारीतामै लागेकाले समेत कलालाई 'डिजिटल कला' र 'ओरिजनल कला' भनेर भनेका समेत भनेका सुनिन्छ । 

यसो हो भने - चित्रकलाको सुरुवात ढुङ्गेजुगमा भित्ता कोरेर गरिएको थियो । ओडारतिरै पसेर त्यतैतिर ओरिजनल कला सिर्जना गरेर बसे भयो । 

तेल, एक्रेलिक रंगदेखि क्यानभास नि पछि नै आएका हुन । ती पनि कहाँ 'ओरिजनल' हुन त ? यो आधुनिक जीवन नि ओरिजनल होइन । जंगल पसेर सिकार गरेर गिठा, भ्याकुर खोजेर जिन्दगी गुजारे भयो नि त  ।  

होइन भने यस्ता गिठ्ठे तर्कको तुक छैन । सबै सिर्जनशीलता सहित मिडियममा सिर्जित कला ओरिजनल कला हुन् । सिर्जनशीलता बिहिन भै यहि मात्र मिडियममा, यहि बिधिले मात्रै, यसैगरी मात्रै कला हुन्छ भन्ने सोचले निर्मित कला 'गिठ्ठे कला' हो । र यस्तो सोच कलाप्रतिको गिट्ठे सोच हो । 

आफ्नो सिमित ज्ञान, सोच र ढंगको सिमितताभन्दा बाहिर पनि ठूलो संसार छ है । तपाईं साँच्चीकै कलाकार हुनुन्छ कि गिट्ठे कलाकार आफैँ छुट्याउनुहोस् । 😉

Comments

Popular posts from this blog

रुम नम्बर ट्वान्टी फाइभ