बिहान फुटसल खेल्न जाँदैथिएँ । क्यास थिएन । मनमैँजुको एनआइसी एसियाको एटिएम बुथमा एकजना रिसिप्टका पत्कर उठाउँदै थिए । भने — 'मिसिन चलिरहेको छैन ।' त्यहाँबाट गोंगबु चोक पुगेँ । 'ग्लोबल आइमइको चलिरहेको छ कि ?'भनेर गएको त्यो पनि चलेको छैन । नजिकै नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथमा गएको । त्यो पनि — आउट अफ सर्भिस । फेरि ज्योती बिकाश बैंककोमा गएको 'प्लिज इन्सर्ट योर कार्ड' पो भन्छ ! 'हैन के अचम्म हो ?' भनेर हत्त न पत्त कार्ड हुल्छु त - 'सरि ! योर ट्रान्जेक्सन ह्याज विन टर्मिनेटेड' भन्छ । नजिकै हिमालयन बैंकको बुथ रहेछ । हेरेँ— भित्र मान्छे रहेछन् । कामै लाग्ने मेसिन राख्या छ कि भनेर एकछिन गदगद भएँ । भित्रको मान्छे एक मिनेटमा आउला भन्यो - आउँदैन ! दुई मिनेटमा आउला भन्यो आउँदैन । ५ —७ मिनेट भएसी सोच्छु — भित्र के गरिरहेको छ मान्छे ? योगा गर्न नि पर्याप्त स्पेस हुन्न । प्रणायम्, ध्यान गर्न नि उपयुक्त ठाउँ होइन । त्यति साँघुरोमा ४ जना छिरेर कलब्रेक खेल्ने कुरा पनि भएन । भित्र न त पानी होस् —न त माछै । ढोक्सा थापेर बस्ने कुरा नि भएन । एउटा हार्मोनियम ल
कि रण मानन्धर होस्टल गए । बोर्डमा लेखिएथ्यो– रुया होस्टल । देख्दै भव्य दरबारजस्तो । त्यहाँ मेडिकलका विद्यार्थी बस्ने रहेछन् । चारजना विद्यार्थी बस्ने रहेछन्– देख्दै डरलाग्दा । मोटा ज्यान भएका । पाखुरा ठूला भएका । बक्सिङ प्रतियोगितामा भाग लिन तयारी गरिरहेकाजस्ता । लामा दाह्री भएका, पहलमानजस्ता । ‘वनारस है ! छुरा हान्ने, रिवाल्वर हान्ने ! गुन्डा बस्ने ठाउँ । बाटो हिँड्दा पनि राम्ररी हेरेर हिँड्नुपर्ने । खाल्डो हुन सक्छ । खाल्डोमा हालेर भक्कुमार कुटेर लुटपाट गरेर हिँड्न सक्छन् ।’ किरणले काठमाडौंमा साथीहरूले भनेको झलक्क सम्झिए । ‘धत् ! सुतेको वेलामा यिनीहरूले मेरो घाँटी न्याके भने ? मेरो जुडो–कराँते त कामै लागेन नि ! परान गैगो नि ।’ कोठाको भित्तामा एउटा राम्रो पेन्टिङ झुन्ड्याएको देखे– डा. राधाकृष्णको । ‘कलाकार रहेछन् भने त नकुट्लान् कि ?’ उनले सोधे, ‘यहाँ कलाकार नि बस्छन् कि क्या हो ?’ हिन्दी र अंग्रेजी दुवै नजान्ने किरणले सोधेको उनीहरूले बुझेनन् । ट्वाल्ल परेर हेरे । त्यो देखेर किरणलाई झन् डर लाग्यो । यसरी भएन । उनले बाहिरबाट चारवटा इँटा ल्याए । आफू सुत्ने खाटमा दुईपट्टि राखे । उन
Comments
Post a Comment